१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

संसद बैठक स्थगित गराएर प्रधानमन्त्री देउवाद्वारा एमालेसँग छलफल, गरे सहकार्यको प्रस्ताव



काठमाडौं । एमसीसी सम्झौता अनुमोदनका लागि जे पनि गर्न तयार रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताहरुसँगको वार्तालाई सघन बनाएकाछन् ।

देउवाले संसदको आजको बैठक स्थगित गराएर एमालेका नेताहरुसँग संसद भवनमै छलफल गरेका छन् ।संसद भवनस्थित एमाले अध्यक्ष ओलीको कार्यकक्षमा भएको छलफलमा एमसीसी पासका लागि सघाउन देउवाले एमालेसँग आग्रह गरेका छन् ।

छलफलमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए ।

सत्ता गठबन्धनका सहयात्री दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी अनुमोदनमा नसघाउने भएपछि देउवाले एमालेका शर्तहरु मान्दै उसलाई मनाउन लागेका हुन् । प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको प्रस्ताव गरेका छन् । तर एमालेले भने आफुले राख्दै आएका माग पहिला सम्बोधन गर्नुपर्ने बताएको छ ।

गठबन्धन तोडिनुपर्ने, सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउनुपर्ने या आफुले कारवाही गरेका माधव नेपालसहित १४ सांसदको पद खारेज गर्नुपर्ने एमालेको शर्त रहेको छ । प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने शर्तमा सभामुख सापकोटालाई हटाउने बाटो खोज्न तयार देखिन्छन् । कांग्रेसभित्र गगन थापा, मिनेन्द्र रिजाल लगायतका नेताहरुले वर्तमान गठबन्धन भत्काएर भएपनि एमालेको साथ लिएर एमसीसी पारित गर्नुपर्ने लविङ गर्दैआएका छन् ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ४ : १९ बजे

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : एमेच्योर सदभाव बने च्याम्पियन, प्रो भुवन सात स्ट्रोकले पराजित

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ