१५ बैशाख २०८३, मंगलबार | April 29, 2026

संसद बैठक स्थगित गराएर प्रधानमन्त्री देउवाद्वारा एमालेसँग छलफल, गरे सहकार्यको प्रस्ताव



काठमाडौं । एमसीसी सम्झौता अनुमोदनका लागि जे पनि गर्न तयार रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताहरुसँगको वार्तालाई सघन बनाएकाछन् ।

देउवाले संसदको आजको बैठक स्थगित गराएर एमालेका नेताहरुसँग संसद भवनमै छलफल गरेका छन् ।संसद भवनस्थित एमाले अध्यक्ष ओलीको कार्यकक्षमा भएको छलफलमा एमसीसी पासका लागि सघाउन देउवाले एमालेसँग आग्रह गरेका छन् ।

छलफलमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए ।

सत्ता गठबन्धनका सहयात्री दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी अनुमोदनमा नसघाउने भएपछि देउवाले एमालेका शर्तहरु मान्दै उसलाई मनाउन लागेका हुन् । प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको प्रस्ताव गरेका छन् । तर एमालेले भने आफुले राख्दै आएका माग पहिला सम्बोधन गर्नुपर्ने बताएको छ ।

गठबन्धन तोडिनुपर्ने, सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउनुपर्ने या आफुले कारवाही गरेका माधव नेपालसहित १४ सांसदको पद खारेज गर्नुपर्ने एमालेको शर्त रहेको छ । प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने शर्तमा सभामुख सापकोटालाई हटाउने बाटो खोज्न तयार देखिन्छन् । कांग्रेसभित्र गगन थापा, मिनेन्द्र रिजाल लगायतका नेताहरुले वर्तमान गठबन्धन भत्काएर भएपनि एमालेको साथ लिएर एमसीसी पारित गर्नुपर्ने लविङ गर्दैआएका छन् ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ४ : १९ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका