१५ बैशाख २०८३, मंगलबार | April 29, 2026

तीनमहिनादेखि राहदानी सेवा बन्द



बैतडी । जिल्लामा साढे तीन महिनादेखि राहदानी सेवा बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् । विद्युतीय राहदानी जारी गर्ने कार्यका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले गत मङ्सिर २ गतेदेखि एमआरपी पासपोर्ट वितरण गर्ने कार्य बन्द गरेको थियो ।

लामो समयसम्म पनि विद्युतीय राहदानी जारी गर्ने प्रणाली जडान नहुँदा विदेश जाने तयारीमा रहेका जिल्लाका नागरिकहरु समस्यामा परेका छन् ।

अत्यन्त जरुरी भई कारण र प्रमाणसहित आएका सेवाग्राहीबाहेक अन्य राहदानीको दु्रत सिफारिस र साधारण राहदानी फारम सङ्कलन गर्ने कार्य मङ्सिरदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, ‘विद्युतीय राहदानी जारी गर्ने भनेर एमआरपी बन्द गरिएको हो, तर हालसम्म पनि विद्युतीय राहदानी वितरण सुरु हुन सकेको छैन ।’

सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण गर्ने रणनीति लिए पनि उक्त प्रणाली जडानका लागि प्राविधिक टोली नआउँदा ढिलाइ भएको सूचना अधिकारी भारतीको भनाइ छ । अहिले सुदुरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा मात्रै विद्युतीय राहदानी वितरण भइरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : १९ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका