७ पुस २०८२, सोमबार | December 22, 2025

तीनमहिनादेखि राहदानी सेवा बन्द



बैतडी । जिल्लामा साढे तीन महिनादेखि राहदानी सेवा बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् । विद्युतीय राहदानी जारी गर्ने कार्यका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले गत मङ्सिर २ गतेदेखि एमआरपी पासपोर्ट वितरण गर्ने कार्य बन्द गरेको थियो ।

लामो समयसम्म पनि विद्युतीय राहदानी जारी गर्ने प्रणाली जडान नहुँदा विदेश जाने तयारीमा रहेका जिल्लाका नागरिकहरु समस्यामा परेका छन् ।

अत्यन्त जरुरी भई कारण र प्रमाणसहित आएका सेवाग्राहीबाहेक अन्य राहदानीको दु्रत सिफारिस र साधारण राहदानी फारम सङ्कलन गर्ने कार्य मङ्सिरदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, ‘विद्युतीय राहदानी जारी गर्ने भनेर एमआरपी बन्द गरिएको हो, तर हालसम्म पनि विद्युतीय राहदानी वितरण सुरु हुन सकेको छैन ।’

सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण गर्ने रणनीति लिए पनि उक्त प्रणाली जडानका लागि प्राविधिक टोली नआउँदा ढिलाइ भएको सूचना अधिकारी भारतीको भनाइ छ । अहिले सुदुरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा मात्रै विद्युतीय राहदानी वितरण भइरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : १९ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत