१६ भदौ २०८३, मंगलबार | September 1, 2026

माओवादीले बोलायो वरिष्ठ नेताहरूको आकस्मिक बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौमा उपलब्ध वरिष्ठ नेताहरूको आकस्मिक बैठक बोलाएको छ । एमसीसीका कारण उत्पन्न अवस्था र सरकारमा सहभागिताको एजेण्डामा निर्णय गर्न आकस्मिक बैठक बोलाईएको माओवादी स्रोतले जनाएको छ ।

बैठकका लागि माओवादी नेताहरु प्रचण्ड निवास खुमलटारमा भेला हुन थालेका छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका नेताहरु खुमलटार पुगिसकेका छन् भने अन्य नेताहरु पनि खुमलटार पुग्दै गरेको स्रोतले जनाएको छ ।

बैठकमा एमसीसीको विपक्षमा मतदान गर्नु अघि सरकारबाट बाहिरिने विषयमा निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

‘सम्भवत आजै माओवादीले सरकार छाड्छ ।’ स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले जरीपनि एमसीसी पास गर्ने गरि रणनीति बनाए पछि माओवादीमा दवाव परेको हो । सरकारमै रहेर विपक्षमा मतदान गर्ने विषयमा प्रधानमन्त्री देउवाले असहमति जनाएपछि माओवादीले सरकारबाट बाहिरिने मनस्थिती बनाएको बताइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : ३१ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि