९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

एमसीसीविरुद्ध विरोध प्रर्दशन हुँदै, माइतीघरदेखि कोटेश्वरसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति



काठमाडौं । विभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् ।

दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरु जुधेका छन् ।

एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन् ।

शुक्रबार एमसीसी विरुद्ध प्रर्दशनको कार्यक्रम राख्नेमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसीसी खारेज अभियान नेपाल लगायत २२ राजनितीक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठन र नेकपा (माओवादी) रहेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट जवस/मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम गर्ने कार्यक्रम राखेका छन् । विहान ११ बजे माइतीघर मण्डलमा भेला हुने उनीहरुको कार्यक्रम छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्दैछ । नेमकिपाले कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने जनाएको छ ।

नेपालका लागि नेपाली पार्टीले एमसीसी सम्झौता विरुद्ध विहान साढे ११ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने बताएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी), मसाल र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौता विरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने घोषणा गरेको छ । मध्यान्ह १२ बजेबाट विरोध कार्यक्रम सुरु गर्ने उनीहरुले जनाएका छन् ।

माले, एमसीसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियानले एमसीसी सम्झौता विरुद्ध साढे १२ बजे पुरानो बानेश्वरमा भेला भई विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । प्रदर्शन नयाँ बानेश्वर पुगि सभामा परिणत हुने बताइएको छ ।

एमसिसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन नेपालले बिजुलीबजार पुलमा साढे १२ बजे एमसिसी विरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठनहरूले एमसीसी विरुद्ध कमलादीस्थित प्रज्ञा भवन डबलीमा खबरदारी सभा गर्ने घोषणा गरेका छन् ।

नेकपा (माओवादी) ले शुक्रबार देशभर एमसीसीको विरोधमा मसाल जुलुस तथा पुत्ला दहन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : २८ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय