९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

अध्यक्ष नेपालले देउवालाई भेटेलगत्तै एकीकृत समाजवादीको बैठक सिंहदरबारमा



काठमाडौं । एकीकृत समाजवादीका शीर्ष नेताहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अनौपचारिक छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका हुन् । एकीकृत समाजवादी संसदमा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ ।

शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गरेका थिए । बालुवाटारबाट फर्केपछि नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरूसँग छलफल थालेका हुन् । प्रधानमन्त्री देउवाले एमालेको समर्थनमा भएपनि एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास गरेका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिँदा सत्तारुढ गठबन्धन टुट्ने खतरा बढेको छ । एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णयलाई पुनर्विचार गर्न कांग्रेसले आग्रह गरेको चर्चा भइरहेका बेला अध्यक्ष नेपालले देउवासँग छलफल सकेर आफ्नै पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : २३ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय