७ पुस २०८२, सोमबार | December 22, 2025

महामारीबीच एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे दुई लाख १३ हजारभन्दा बढीले आवतजावत



काठमाडौं । कोरोना महामारीबीच काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल [टीआइए]बाट गत जनवरी महिनामा २ लाख १३ हजार ४५५ जनाले आवतजावत गरेका छन् ।

अध्यागमन विभागका अनुसार टीआइएबाट आवतजावत गर्नेमध्ये ८९ हजार ४९९ जना नेपाल आउने र १ लाख २३ हजार ९५६ जना नेपालबाट बाहिरिने रहेका छन् ।

विभिन्न देशबाट नेपाल आउनेमा ७० हजार ३२६ जना पुरुष, १९ हजार १६२ जना महिला र पहिचान नखुलेका ११ जना रहेका छन् ।

सन् २०२२ जनवरीमा नेपाल छोड्नेमध्ये एक लाख ३५१ जना पुरुष, २३ हजार ५९४ जना महिला र पहिचान नखुलेका ११ जना रहेको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार गत जनवरीमा टिआइएबाट आवतजावत गर्नेमा विदेशको संख्या ३४ हजार ९५९ रहेको छ भने नेपालीको संख्या १ लाख ७८ हजार ४९६ रहेको छ ।

जनवरीमा बिभिन्न देशबाट ७२ हजार ५२४ जना नेपाली स्वदेश फर्केका थिए । सोही अवधिमा १ लाख ५ हजार ९७२ जना नेपाली देश छोडी विदेश गएको विभागले जनाएको छ ।

गत वर्ष सन् २०२१ मा कूल १५ लाख २१ हजार ४३४ जनाले टिआईबाट आवतजावत गरेका थिए । यसरी आवतजावत गर्नेमा नेपाल आउनेको संख्या ७ लाख ३८ हजार ५४ रहेको थियो भने नेपालबाट बाहिरिनेको संख्या ७ लाख ८३ हजार ३८० रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : २४ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत