२४ असार २०८३, बुधबार | July 8, 2026

संकल्प प्रस्ताव सहित एमसीसीका पक्षमा मत दिन प्रचण्ड र माधव नेपाल तयार



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेस नेताहरुले एमाले अध्यक्ष केपी ओली र एमाले नेताहरुसंगको सम्बादलाई तिब्र बनाएपछि एमसीसी सम्झौताका विरुद्ध चर्को विरोधमा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन ‘सङ्कल्प प्रस्ताव’ का नाममा नयाँ विकल्प खोज्न तयार भएका छन् । एमसीसीको चर्को बिरोध गरीरहेका सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्ष द्वय प्रचण्ड र नेपाल विकल्पको माध्यमबाट एमसीसीका पक्षमा उभिन तयार भएका हुन् ।

कांग्रेसले सत्ता गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धनको तयारी गर्न थालेपछि खरो विरोधमा उत्रिएका प्रचण्ड र नेपाल गलेका हुन् । गत सात महिना अघिदेखी गठबन्धन बनाएर हिडिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) एमसीसीलाई लिएर विभाजित हुने अवस्थामा पुगेपछि नयाँ विकल्पको खोजी गरिएको बताइएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एमसीसीको पक्षमा मतदान लागि सहमत गराउन सङ्कल्प प्रस्तावलाई विकल्पको रुपमा अघि सारिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर अघि बढ्ने तयारी गरेपछि माओवादी र एकीकृत समाजवादीले आन्तरिक बैठकमा गठबन्धन भत्किँदा आउने समस्या बारेमा आज दिनभरि छलफल गरेका थिए । दिनभरिको छलफलबाट माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालले गठबन्धन जोगाउनुपर्ने निश्कर्ष निकाल्दै मध्यमार्गी विकल्पमा एमसीसी टुंग्याउन सहमत भएका थिए ।

आज साँझ बालुवाटारमा बसेको देउवा, प्रचण्ड र नेपालबीच भएको बैठकले सङ्कल्प प्रस्ताव तयार गर्ने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत र एकीकृत समाजवादी निकट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई दिने निर्णय भएको कांग्रेसका एक नेताले बताए । तीन नेताहरुको बैठकमा अधिवक्ता बन्दीपनि सहभागी रहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री देउवा सहित तीन नेताबो बैठक सकिए लगत्तै शनिबार रातीदेखि नै कांग्रेस महामन्त्री गगनकुमार थापा, माओवादी नेता शक्ति बस्नेत र वरिष्ठ अधिवक्ता गोविन्द बन्दी प्रस्ताव निर्माणमा सक्रिय भएको बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ११ : १२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको