१३ भदौ २०८३, शनिबार | August 29, 2026

संसद् बैठकमा एमाले नाराबाजी गर्ने, सांसद भीम रावल छलफलमा सहभागी हुने



काठमाडौं । प्रतिनिधिसभा बैठकमा लामो समयदेखि विरोधमा नाराबाजी गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिइरहेको छ । जारी प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेका हुन् ।

यसअघि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेर फर्किने क्रममा महासचिव शंकर पोखरेलले आफूहरूको माग पूरा नभएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुने बताएका थिए । तर, आइतबार एमालेका माग पूरा नभए पनि एमाले सांसद भीम रावल संसद्को प्रक्रियामा सहभागी भएका छन् ।

एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै रावलले कुनै पनि सर्तमा एमसीसी अनुमोदन गर्न नहुनेमा अडान राखे । सम्झौतामा रहेका राष्ट्रहितविपरीतका बुँदा हटाउने वा संशोधन गर्नुपर्ने भन्दै उनले व्याख्यात्मक टिप्पणीसहित घोषणा गरेर एमसीसी पारित गर्नु भन्नु राष्ट्रहितविपरीत रहेको दाबी गरे ।

रावलले एमसीसी सम्झौता जनताप्रतिको धोका र गद्दारी भएको समेत उनले टिप्पणी गरे । एमालेले चर्को नाराबाजी गरिरहँदा सोही पार्टीका सांसद रावलले भने एमसीसीमाथिको छलफलमा भाग लिएर दलको निर्णयमाथि चुनौती दिएका छन् ।

अहिले नेकपा ९एकीकृत समाजवादी०का झलनाथ खनालले एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखिरहेका छन् । उनले पनि एमसीसी राष्ट्रहितविपरीत रहेको दाबी गरे।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ४१ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी