१९ बैशाख २०८१, बुधबार | May 2, 2024

संसद् बैठकमा एमाले नाराबाजी गर्ने, सांसद भीम रावल छलफलमा सहभागी हुने



काठमाडौं । प्रतिनिधिसभा बैठकमा लामो समयदेखि विरोधमा नाराबाजी गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिइरहेको छ । जारी प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेका हुन् ।

यसअघि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेर फर्किने क्रममा महासचिव शंकर पोखरेलले आफूहरूको माग पूरा नभएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुने बताएका थिए । तर, आइतबार एमालेका माग पूरा नभए पनि एमाले सांसद भीम रावल संसद्को प्रक्रियामा सहभागी भएका छन् ।

एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै रावलले कुनै पनि सर्तमा एमसीसी अनुमोदन गर्न नहुनेमा अडान राखे । सम्झौतामा रहेका राष्ट्रहितविपरीतका बुँदा हटाउने वा संशोधन गर्नुपर्ने भन्दै उनले व्याख्यात्मक टिप्पणीसहित घोषणा गरेर एमसीसी पारित गर्नु भन्नु राष्ट्रहितविपरीत रहेको दाबी गरे ।

रावलले एमसीसी सम्झौता जनताप्रतिको धोका र गद्दारी भएको समेत उनले टिप्पणी गरे । एमालेले चर्को नाराबाजी गरिरहँदा सोही पार्टीका सांसद रावलले भने एमसीसीमाथिको छलफलमा भाग लिएर दलको निर्णयमाथि चुनौती दिएका छन् ।

अहिले नेकपा ९एकीकृत समाजवादी०का झलनाथ खनालले एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखिरहेका छन् । उनले पनि एमसीसी राष्ट्रहितविपरीत रहेको दाबी गरे।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ४१ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी