४ पुस २०८२, शुक्रबार | December 20, 2025

मन्त्रिपरिषदको बैठक ६ मिनेट बसेर सकियो, संसदले अनुमोदन गरेको एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण



काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा संसदले पारित गरेको व्याख्यात्मक घोषणा ग्रहण गरेको छ । प्रतिनिधिसभाको बैठकबाट बहुमतले पारित गरेको घोषणालाई ग्रहण गर्नका लागि संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो ।

आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिए लगत्तै मन्त्रिपरिषदको बैठक बसेको थियो । ६ मिनेट बसेको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने सरकारको तयारी छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको