६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवल १ मा संचालनमा रहेको फुडमाया रेष्टुरेन्टमा आगलागी



बुटवल । बुटवल उपमहानगर १ को पुरानो बुटवलमा आगलागी हुँदा लाखौंको धनमालको क्षती भएको छ । पारि बुटवल स्थित फुडमाया रेष्टुरेन्टमा आज साँझ आगलागी भएको हो ।

स्थानीय रैनू मियाको काठले बनेको २ तले घरमा रहेको सो रेष्टुरेन्टमा साँझ अन्दाजी ५ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्र्यालयका इन्चार्ज प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीको नेतृत्वमा ३५ जना र वडा प्रहरीका टोलिले ४ वटा दमकलको सहयतामा आगलागी नियन्त्रणमा आएको प्रहरी नायव उपरिक्षक केसीले बताए ।

आगलागी नियन्त्रणका लागि बुटवल उपमहानगरका २, सैनामैनाबाट १ र तिलोत्तमा नगरपालिकाको १ दमकलबाट आगलागी नियन्त्रण गरिएको थियो । स्थानीयको सहयोगमा सामान पन्छाउने काम भइरहेकाले क्षतीको विवरण आइनसकेको प्रहरीले जनाएको छ । रेष्टुरेन्टमा बिक्रि गरिने हुक्काबाट आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ५२ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम