३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

लुम्बिनी प्रदेश अन्तर्गतका अस्पताल विकास समितिले पाए नयाँ नेतृत्व, प्रदेश खेलकुद परिषदले पनि पायो पूर्णता



बुटवल । लुम्बिनी प्रदेशमा लामो समयबाट रिक्त रहेको प्रदेश स्तरका अस्पताल विकास समिति र प्रदेश खेलकुद परिषदका सदस्यहरुको नियुक्ति गरेको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेशमा खेलकुद परिषद् र अस्पताल व्यावस्थापन समितिमा रिक्त पदाधिकारी तथा सदस्य नियुक्त गर्दै जिम्मेवारी प्रदान गरेको हो ।

रिक्त रहेको अस्पताल विकास समितिका पदाधिकारी तथा प्रदेश खेलकुद विकास समितिलाई पूर्णता दिइएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । मन्त्री शर्माका अनुसार रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद अहिरलाई नियुक्त गरिएको छ ।

त्यसैगरि मन्त्रिपरिषदले पृथ्वीचन्द्र अस्पाल नबलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद खनाल, कपिलबस्तु तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादव, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा धर्मराज पाण्डे, कपिलबस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेन विकास समितिको अध्यक्षमा कलम रायमाझी, रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाल, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्र प्रसाद श्रेष्ठ, भिम अस्ताल भैरहवा अस्पताल विकास समितिको अध्यक्षमा कुल प्रसाद न्यौपाने र रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष तथा सदस्यहरुको भने बैठकले कुनै निर्णय नगरेको मन्त्री शर्माले बताए ।

मन्त्रिपरिषद बैठकले यसअघि विगठन गरेको प्रदेश खेलकुद परिषदमा पनि सदस्यहरु नियुक्त गरेको छ । सञ्चारमन्त्री शर्माका अनुसार प्रदेश खेलकुद परिषद्का सदस्यमा रुपेन्देहीका जयप्रकाश भट्टराई, कोशिश बहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासी पश्चिम नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकुम पूर्वका दुतबहादुर पुनमगर र गुल्मीका भरत थापालाई नियुक्त गरेको छ । सदस्यहरुको बैठकबाट सदस्य सचिव र काषाध्यक्ष सहितको पदाधिकारी चयन गर्ने बताइएको छ ।

मन्त्री परिषद्को बैकठले लुम्बिनी प्रदेश सहकारी (दोस्रो संशोधन) नियामावली २०७८ स्वीकृत गरेको छ भने आर्थिक वर्ष २०७८÷२०७८ को वार्षिक कार्यक्रम अन्तर्गत सहकारी तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि समेत स्वीकृत गरेको प्रवक्ता शर्माले बताए ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ४८ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा