२१ माघ २०८२, बुधबार | February 5, 2026

बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ



नेपालगन्ज । जबर्जस्ती करणीको आरोप लागेका प्रमुख प्रतिपक्षी दल एमालेका प्रतिनिधिसभा सदस्य मोहन बानियाँ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । जबर्जस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ५८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता