४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले सांसद संख्या घट्यो, बलात्कारको आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित हुँदै



काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।

‘माननीयज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ प्रवक्ता रोजनाथ पाण्डेले भने । उनका अनुसार संसदको आगमी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ । मुगुबाट निर्वाचित बानियाँ निलम्बनमा परे सँगै संघीय संसदमा एमालेका एक सांसदको संख्या घटनेछ ।

जुम्लाकी माओवादी नेतृको उजुरीको आधारमा सांसद बानियाँ पक्राउ परेका हुन् । १८ माघमा २५ लाख रुपैयाँ दिन्छु भन्दै होटलमा बोलाएको तर पैसा नदिई उल्टै बलात्कार गरेको भन्दै शिक्षक शाहीले गत २७ माघमा उजुरी दिएकी थिइन् ।

सो उजुरीपछि पक्राउको आदेश लिए पनि लामो समय फरार रहेका बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

हाल बाँके जिल्ला प्रहरी कार्यालयको हिरासत रहेका सांसद बानियाँलाई आज अदालतमा म्याद थपका लागि उभ्याइनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको