२५ असार २०८३, बिहिबार | July 9, 2026

आफुलाई सत्ताच्यूत गर्नमात्र नेकपामा एमसीसीको रडाको मच्चाइएको थियो : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई सत्ताबाट हटाउनका लागि मात्र तत्कालिन नेकपामा एमसीसीको रडाको मच्चाइएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले एमसीसीमाथि निर्लज्ज ढंगले हल्ला चलाइएको दाबी गरे । माओवादी अध्यक्ष प्रचण्डले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा अभिव्यक्त टिप्पणीलाई इंगित गर्दै ओलीले एमसीसीलाई स्वस्थ्य ढंगले राजनीति नगरी विकास आयोजना अघि बढाउन चाहेको आरोप लगाए ।

उनले देशमा मतभेद बढाउन खोज्ने, द्वन्द्व फैलाउन खोज्ने धाक धम्की दिइएको आरोप लगाए । धम्क्याएर, त्रसित बनाएर आफुलाई माथि पार्न खोज्ने प्रवृत्तिले देशलाई घात गर्ने ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले एमसीसीको विषयमा सत्तारुढ गठबन्धको चरित्र उदांगो भएको टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्धाको पर्दाफास’ भनेको छ ।

अध्यक्ष ओलीको लिखित भाषणलाई उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउँदै भने, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ ।’

उनले कुनै पनि देशको सर्तसहितको सहयोग, अनुदान राम्रो नहुने पनि बताए । तर, देशको संसदबाटै प्रस्ताव पास भइसकेकोले अब देशको हित हुने गरी परियोजना कार्यान्वयनको पाटोमा जानु पर्ने पनि बताए ।

कार्यक्रममा उपमहासचिव ज्ञवालीले पछिल्लो घटनाक्रमले सभामुखले उक्त पदको गरिमा अनुसार काम नगरेकाले योग्य नभएको थप पुष्टि भएको बताए । यसपटक पनि उनले एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रुपमा प्रयोग गरेको आरोप लगाए । उनले भने, ‘एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रुपमा लिइयो । अहिले वास्तविक चेहेरा उदाङ्यो भयो ।’ उनले आफूहरूले एसीसी प्रस्तावमा भएका अस्पष्ट विषय छलफलका संसदमा दर्ता गरेको दावी पनि गरे ।

‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी प्रस्ताव पास हुनु भनेको साकाहारीले खोलाको माछा खानु नहुने तर किनेको हुन्छ भनेजस्तो मात्रै भएको पनि बताए । ‘यो संसस्दीय अभ्यासको विद्रुप रुप मात्रै भएको उनको ठहर छ ।

 

 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ४४ बजे

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सवारीसाधन दुर्घटनामा मृत्यु

सुनसरी । कोशी गाउँपालिका-८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर