१६ बैशाख २०८३, बुधबार | April 29, 2026

अटोमेटिक पेस्तोल सहित ३ जनापक्राउ



नेपालगन्ज । बाँके प्रहरीले एक थान अटोमेटिक पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । बाँकेको डुडुवा ४ बाट अटोमेटिक पेस्तोल सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डुडुवा ४ स्थित राप्ती नदीको पुलमा फयरिङ भएको भन्ने सुचनाका आधारमा खटिएको इलाका प्रहरी कार्याय बनकट्टीको प्रहरी टोलीले नेपालगन्ज १८ का २९ वर्षिय शुशान्त केसी, नेपालगंज उप(महानगरपालिका १२ कोरियनपुरका २८ वर्षिय दिपेन्द्र अधिकारी र कैलाली लम्कीचुहा ३ का ३२ वर्षिय द्धारीका उपाध्यायलाई पक्राउ गरेको हो ।

फायरिङको सूचनाका आधारमा खोजिमा प्रहरी टोलिले सुसान्तले चलाएको बाग्मती प्रदेश ०१(०२५ च ३०९७ नम्बरको गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको चालक सिटको वाँया तर्फको सिटको सिट कभर भित्र रहेको ःबमभ ष्ल ग्क्ब् लेखेको अटोमेटिक पेस्तोल १ थान र लोड भएको गोली ७ थान सहित ३ जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । पक्राउ परेकाहरुबाट पेस्तोल र गोली सहित अतिरिक्त गोली २ थान, गाडीको सिट पछाडी खैरोरंगको झोलाभित्ररहेको खुडा १ थान र नक २ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ६ को दफा १३० को उपदफा २ बमोजिम ७ वर्ष सम्म कैद र ७०,०००। जरिवाना लाग्ने दाबी सहितको मुद्धामा अनुसन्धान भइरहेको प्रवता न्यौपानेले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : २६ बजे

सरकारलाई आफ्नै बहुमतको संसद्माथि विश्वास छैन : गगन थापा

काठमाडौं । गगन थापाले सरकारलाई आफ्नै बहुमत भएको संसद्माथि विश्वास

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

काठमाडौं । चक्रपथ विस्तार (दोस्रो चरण) कार्यान्वयन गर्न चीन सरकारले

खजुराको पालिका गानमा ४ जना रचनाकारको नाम राखेपछि पालिका गान विवादमा

खजुरा । जननिर्वाचित पदाधिकारीको कार्यकाल सकिन १ वर्ष बाँकी रहँदा

रुपन्देहीमा माइक्रो बस र ईभी माइक्रो ठोक्कीए, २ जनाको मृत्यु

बुटवल। रुपन्देहीको देवदहमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

४ बुँदे माग सहित भेरी अस्पतालका चिकित्सक काममा फर्कन थाले

नेपालगन्ज । चिकित्सकहरुलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखलाई