३२ असार २०८३, बिहिबार | July 17, 2026

रुस–युक्रेनबीच युद्ध चलिरहँदा काठमाडौंमा दुवै देशका सैनिक सहचारी एउटै कार्यक्रममा, सँगै पोखरा र लुम्बिनी जाने



काठमाडौैं । गत बिहीबारदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । युद्धका कारण सयौंले ज्यान गुमाइसकेका छन् । युद्धलाई रोक्न दुई देशको बैठक बेलारुसमा भयो तर टुङ्गोमा पुग्न सकेन ।

अहिले ठूलो संख्यामा रुसी सेना युक्रेनमा छिरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अुनसार रुसको झण्डै ७५ प्रतिशत सेना अहिले युक्रेन भित्र छन् । दुवै देशका सेनाले एकअर्कालाई देखे र भेटे गोली हान्छन् ।

यस्तो अवस्थामा रुस र युक्रेनका सैनिक सहचारी भने काठमाडौंको एक कार्यक्रममा सँगै छन् । यो अवस्था सृजना गरिदिएको हो नेपाली सेनाले ।

नेपाली सेनाले प्रत्येक वर्ष शिवरात्रीको दिन सेना दिवस मनाउने गर्छ । मंगलबार सेना दिवसमा अतिथिका रुपमा सहभागी हुन थुप्रै देशका सैनिक सहचारीलाई नेपाली सेनाले निमन्त्रणा गरेको थियो ।

सोही अनुसरा नेपालको लागि २१ देशका आवासिय तथा गैरआवासिय सैनिक सहचारी नेपाल आएका थिए । उनीहरु सबै सेना दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आयोजन गरेको विशेष कार्यक्रममा सहभागी भएका थिए ।

सेना दिवसको अवसर पारेर नेपाल आउनेमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिकाका आवासीय सैनिक सहचारी थिए । यस्तै, बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, ईटाली, ईजरायल, मेक्सिको, नाईजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्डका गैरआवासीय सैनिक सहचारीहरु पनि नेपाल आएका थिए ।

सबै सैनिक सहचारीहरु एकसाथ बुधबार नेपाली सेनाको मुख्यालय जंगी अड्डाको भ्रमण गरेका थिए ।

जंगी अड्डामा युद्धकार्य निर्देशनालयले उक्त भ्रमणदललाई नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण गरेको थियो । प्रस्तुतिकरण पश्चात प्रधान सेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका सैनिक सहचारीहरुसँग भेट गरेका थिए ।

बिभिन्न देशका सैनिक सहचारीहरुले बिहीबार माउण्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनीहरुले बिहीबार नै लुम्बिनी र पोखराको अवलोकन गर्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनीहरु शुक्रबार नेपालबाट फर्कने छन् ।

‘छिमेकी मित्रराष्ट्र तथा अन्य देशका सैनिक सहचारीहरुको यस किसिमको भ्रमणले सैनिक कुटनितिमार्फत अन्तरदेशीय सम्बन्ध एवं सैनिक सम्बन्ध अझ सुमधुर र बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाले विज्ञप्ति जारी गरी भनेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : २८ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना