४ पुस २०८२, शुक्रबार | December 20, 2025

हत्या गरी फरार अपराधी ३१ बर्ष पछि पक्राउ



बाजुरा । बाजुरा प्रहरीले हत्या गरेर फरार रहेका एकजना अभियुक्तलाई ३१ वर्षपछि पक्राउ गरेको छ । २०४८ सालमा बाजुराको साबिक जयबागेश्वरी गाँउबिकास समितिका स्थानीय शंकर धामीको हत्या गरेर फरार रहेका मिनबहादुर सिंहलाई हत्या गरेको ३१ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो । सिंहलाई धनगढीको सन्तोषी टोलबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको घटना विवरण अनुसार २०४८ असोज ६ गते बेलुका ४ः३० बजेको समयमा जिल्ला बाजुरा, साविक जय बागेश्वरी गाविस २ हाल खप्तडछेडेदह २ बस्ने जगत बहादुर सिंह सोही स्थानका शंकर धामीबीच भैसीले कोदोबाली खाई नोक्सान गरेको सम्बन्धमा बिवाद हुँदा जगत बहादुर सिंह समेतका केही समुहले शंकर धामीलाई बाँधी कुटपिट गरी रहेको अवस्थामा मिन बहादुर सिंहले आफ्नो हातमा रहेको भैसी बाँध्ने काठको किलोले शंकर धामीको टाउको हान्दा बेहोस भएर लडेको र बेहोसकै अवस्थामा जगत बहादुर सिंहले हसियाले अन्धाधुन्द रुपले टाउको माथि, दाहिने कञ्चट र दाहिने काखमुनी प्रहार गरी निर्ममता पुर्बक हत्या थियो ।

सोही घटनाका सम्बन्धमा पुनराबेदन अदालत दिपायलले २०५४ भाद्र २५ गते मिन बहादुर सिंह समेतका प्रतिबादीहरुलाई जन्म कैदको फैसला गरेकोमा सिंह फरार रहँदै आएका थिए । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा सिंहलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक चतुर्भुज अ‍ोझाले बताए ।

पक्राउ परेका सिंहलाई आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय बाजुरामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालको उपस्थितीमा भएको पत्रकार सम्मेलनमा प्रहरीले सिंहलाई सार्वजनिक गरेको थियो ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको