२६ कार्तिक २०८१, सोमबार | November 12, 2024

मतदाता नामावलीमा भएको त्रुटि सच्याउन सकिने



काठमाडौं । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि निर्वाचन आयोगले सयम दिएको छ ।

आयोगले यसका लागि फागुन २६ गते सम्मको समय दिएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आयोगले फागुन २० गतेदेखि सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा मतदाता नामावली सार्वजनिक गर्ने जनाएको छ ।

कसैले झुटा विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाइको मौका दिने जस्ता क्रियाकलपाहरु फागुन २० गतेदेखि फागुन २६ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका विषयमा आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिने जनाइएको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ६ : २७ बजे

ठगीको आरोपमा तीन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १२

एनपिएल क्रिकेट : लुम्बिनीमा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त

काठमाडौं । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने नेपाल प्रिमियर लिग

लाल आयोगको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च

उद्योगधन्दा बन्द हुने अवस्था आउन दिइन्न : प्रधानमन्त्री ओली

विराटनगर । मन्त्रिपरिषदको बैठक बसालेर महसुल नतिरेका उद्येगीको विद्युत जोड्न

बुटवलबाट काठमाडौं पुगेको बसबाट तीन सय ५६ ग्राम सुनसहित एक पक्राउ

काठमाडौं । तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले