२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मतदाता नामावलीमा भएको त्रुटि सच्याउन सकिने



काठमाडौं । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि निर्वाचन आयोगले सयम दिएको छ ।

आयोगले यसका लागि फागुन २६ गते सम्मको समय दिएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आयोगले फागुन २० गतेदेखि सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा मतदाता नामावली सार्वजनिक गर्ने जनाएको छ ।

कसैले झुटा विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाइको मौका दिने जस्ता क्रियाकलपाहरु फागुन २० गतेदेखि फागुन २६ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका विषयमा आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिने जनाइएको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ६ : २७ बजे

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ