१६ बैशाख २०८३, बुधबार | April 29, 2026

मतदाता नामावलीमा भएको त्रुटि सच्याउन सकिने



काठमाडौं । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि निर्वाचन आयोगले सयम दिएको छ ।

आयोगले यसका लागि फागुन २६ गते सम्मको समय दिएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आयोगले फागुन २० गतेदेखि सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा मतदाता नामावली सार्वजनिक गर्ने जनाएको छ ।

कसैले झुटा विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाइको मौका दिने जस्ता क्रियाकलपाहरु फागुन २० गतेदेखि फागुन २६ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका विषयमा आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिने जनाइएको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ६ : २७ बजे

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस