४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादीभित्रको अन्तर्बिरोधलाई अतिरञ्जित ढङगले नबुझ्न नारायणकाजीको आग्रह



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको मतभेदलाई अतिरञ्जित ढङगले नबुझ्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएसँगै उनी रुष्ट बनेका थिए । श्रेष्ठले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताउँदै आए पनि पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो । उनी पक्षधरले बिरोध गर्न थालेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी छाडेर गए पनि फरक नपर्ने खालको अभिव्यति दिएपछि माओवादीमा विवाद चुलिएको थियो । तर नेता श्रेष्ठले भने सञ्चारमाध्यमा विभिन्न ढंगले प्रचार भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्बिरोध लाई लिएर बिभिन्न सञ्चार माध्यम मार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछ,’ बिहीबार साँझ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अध्यक्ष प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ९ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको