२४ बैशाख २०८१, सोमबार | May 6, 2024

मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दीमाः नेता गिरी



बुटवल । एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दी गर्नमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

सभामुखको भूमिकाका कारण एमालेले निश्चित उद्देश्यका साथ संसदमा अवरोध जारी राखेको तर यसको दोष पनि एमालेमाथि थोपर्न खोजिएको भन्दै उनले सञ्चारकर्मीहरुलाई तथ्यमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

प्रेस चौतारी नेपाल रुपन्देहीद्वारा बिहीबार बुटवलमा आयोजित नयाँ कार्यसमितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका गिरीले यस्तो बताएका हुन् ।

उनले राष्ट्रियताका मुद्दामा एकतावद्ध भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे । नेता गिरीले राजनीतिक आस्थाका आधारमा कलम चलाउने भन्दा पनि सही र रचनात्मक आलोचनामा केन्द्रित रहेर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी तीनै तहको निर्वाचनमा जुनसुकै गठबन्धनलाई पराजित गर्ने तागत एमालेसँग रहेको भन्दै पार्टी अव निर्वाचनमा केन्द्रित भएको बताए ।

एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मुलुकको विषम परिस्थितिमा सञ्चारकर्मीहरुको काँधमा गहन जिम्मेवारी र दायित्व आएको बताउँदै राजनीतिलाई सही दिशामा अघि बढाउनेतर्फ भूमिका खेल्न आग्रह गरे । उनले बुटवल उपमहानगरपालिकाले थुप्रै विकासका योजना कार्यान्वयनमा ल्याइसकेको बताए ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले संगठनलाई एकतावद्ध बनाएर विद्यमान चुनौतीलाई आत्मसाथ गर्ने गरी अघि बढ्न प्रेस चौतारीको नयाँ कार्यसमितिलाई शुभकामना दिए । एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले सञ्चारकर्मीहरुसँग पार्टीले सहकार्य गरी अघि बढ्ने बताउँदै जिम्मेवार भएर कलम चलाउन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष अमृत गिरीले नवनिर्वाचित अध्यक्ष लक्ष्मण पौडेललाई पदहस्तान्तरण गर्दै संगठनको माइन्यूट प्रदान गरेका थिए ।

त्यस अवसरमा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली र पत्रकार डिआर घिमिरेलाई अग्रज पत्रकारको रुपमा सम्मान गरिएको थियो । त्यस्तै पत्रकारहरु विरेन्द्र मिश्रा, कृष्ण मल्ल र अरुण ज्ञवालीलाई दुर्गा खनाल स्मृती पत्रकारिता पुरस्कार तथा दिनेश श्रेष्ठ, शशि पन्थी र विष्णु खत्रीलाई प्रेस चौतारी युवा प्रोत्साहन पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  १० : ३६ बजे

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले