१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

संघीय संसद्को उपसभामुख र उपाध्यक्ष दुबै पद रिक्त, राष्ट्रियसभा उपाध्यक्ष आजबाट बिदा हुँदै



काठमाडौं । संघीय संसद अन्तर्गतका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित दुबै पद रिक्त हुन पुगेका छन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजिनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष सशीकला दाहालको चार वर्षे पदावधि २० फागुनमा स्वतः सकिएकाले दुबै पद रिक्त हुन पुगेका हुन् ।

‘यौन प्रकरण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएपछि तुम्वाहाम्फेले सभामुख हुने इच्छा प्रकट गरे पनि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सत्ता गठबन्धनमा देखा परेको असमञ्जस्यका कारण सो पद प्राप्त गर्न सकेकी थिइनन् ।

एउटै पार्टीको सभामुख र उपसभामुख हुन नसक्ने संवैधानिक व्यवस्थाका कारणले समेत सभामुखमा इच्छुक तुम्वाहाम्फेलाई अन्ततः संघीयमन्त्री बनाउने सर्तमा राजीनामा दिन लगाइएको थियो ।

दुई वर्ष अघि नै उनले सो राजीनामा दिएको भए पनि संघीय संसदका राजनीतिक दलबीच सहमति हुन नसक्द सो पद रिक्त हुँदै आएको थियो ।

उपसभामुख पद दुई वर्षदेखि रिक्त भइरहेका बेला आजबाट राष्ट्रियसभा उपाध्यक्षको पद पनि रिक्त हुन लागेको हो । राष्ट्रियसभाका नवनिर्वाचित सांसदले गोलाप्रथामार्फत आफ्नो कार्यकाल चयन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण ४ असार २०७५ मा भएको ‘निर्वाचन प्रक्रिया’ को क्रममा उपाध्यक्ष दाहालले चार वर्षे कार्यकाल चयन गरेकी थिइन् ।

उपाध्यक्ष दाहालले चिठ्ठामार्फत् चयन गरेको कार्यकाल आजै अर्थात् २० फागुनमा सकिने भएपछि सो पद स्वतः रिक्त हुन लागेको हो । उनीसँगै आजैबाट २० सांसदको पद पनि स्वतः रिक्त हुँदैछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ८ : ४४ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग