६ असार २०८३, शनिबार | June 20, 2026

आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ: वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको संचिति बढाउन स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन तथा साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले स्वदेशी उद्योगहरुले भोगेका समस्याहरुलाई समाधान गर्न पहल गर्ने हो भने यसले आयात प्रतिस्थापन गर्नुका साथै ठूलो मात्रामा बाहिरिने पुँजीलाई स्वदेशमै रोक्न सकिने बताए ।

“नयाँ नयाँ टेक्नोलोजि तथा गुणस्तरीय प्रविधिको अभावमा मुद्रण व्यवसायसँग सम्बन्धित वस्तुहरुको आयातमा मात्र ठूलो रकम मुलुक बाहिर जाने गरेको छ । यस सम्बन्धी समस्याको समाधान गर्दै स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्न सकेमा यसले आयात प्रतिस्थापन गर्दै अहिले बाहिरिएको ठूलो रकम मुलुकभित्रै रोक्न सकिन्छ”, उनको भनाई थियो ।

८० अर्बको बजार रहेको मुद्रण उद्योगको समस्या समाधन गर्न महासंघको तर्फबाट आफुले पहल गर्ने बताउँदै, उनले यसका लागि लिखित सुझावहरु पेश गर्न आग्रह गरेका छन् ।

आइएमई समुहका अध्यक्षसमेत रहेका ढकालले आफ्नो समुहले पनि कागज उद्योगमा लगानी विस्तार गरेको जानकारी गराए ।
“अहिले नेपालमा गुणस्तरीय कागज उत्पादन हुन सकेको छैन । यो अभावलाई ध्यानमा राखेर आइएमई समुहले कागज उद्योगमा लगानी विस्तार गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ०२ बजे

उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान

लुम्बिनीमा योगाभ्यास

लुम्बिनी । अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन प्रतिनिधि चार हजार

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा

पानीको धारा, मुहान सफा गरेर मनाइयो सिथि नखः पर्व

काठमाडौं । आज ज्येष्ठ शुक्ल षष्ठी हो । यसलाई कुमार