३० चैत्र २०८२, सोमबार | April 13, 2026

संस्थापनलाई पराजीत गर्दै बाँके कांग्रेस सभापतिमा नारायण गौडेल विजयी



नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको सभापतिमा संस्थापन ईतर नारायणप्रसाद गौडेल विजयी भएका छन् ।

दोस्रो चरणमा भएको मतदानमा संस्थापन पक्षका बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्दै संस्थापन ईतर कोइराला समूहका गौडेल विजयी भएका हुन् । गौडेलले ७ सय ६० मत र कुर्मीले ६ सय ६३ मत ल्याएका थिए ।

कांग्रेस बाँकेको अधिवेशनको पहिलो चरणको निर्वाचनमा सभापतिका तिन जना उम्मेदवारले ५० प्रतिशतबढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार दोस्रो चरणको मतदान भएको हो ।

जिल्ला निर्वाचन परिचालन समिति, बाँकेका अनुसार, बिहीबार खसेको एक हजार ४५ मतमध्ये नारायणप्रसाद गौडेलले ५ सय ६९, बादशाह कुर्मीले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत ल्याएका थिए । २४ मत बदर भएको थियो । विधान अनुसार संसथपन पक्षका आधिकारिक उम्मेदवार भनिएका हमाल चुनावी दौडबाटै बाहिरिएपछि आज कुर्मी र गौडेलबीच पतिस्पर्धा भएको हो । संस्थापन पक्षका सहमहामन्त्री किशोरसिंह राठौरले संस्थापन भित्रै दुई जना उम्मेदवार बन्ने अवस्था सिर्जना गरिदिएको हमाल पक्षको आरोप छ ।

सुुरेन्द्र हमाल सभापतिको दौडबाट बाहिरिएपछि उनले पाएको मत गौडेललाई गएको अनुमान गरिएको छ । कुर्मी र हमाल संस्थापन पक्षका नेता हुन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको समेत हमाललाई समर्थन रहेपनि सहमहामन्त्री राठौरले कुर्मीलाई अगाडी सारेपछि बाँकेमा संस्थापनबाटै दुईजना उम्मेदवार चुनावी मैदानमा देखिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ३० बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका