२१ मंसिर २०८२, आइतबार | December 7, 2025

संस्थापनलाई पराजीत गर्दै बाँके कांग्रेस सभापतिमा नारायण गौडेल विजयी



नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको सभापतिमा संस्थापन ईतर नारायणप्रसाद गौडेल विजयी भएका छन् ।

दोस्रो चरणमा भएको मतदानमा संस्थापन पक्षका बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्दै संस्थापन ईतर कोइराला समूहका गौडेल विजयी भएका हुन् । गौडेलले ७ सय ६० मत र कुर्मीले ६ सय ६३ मत ल्याएका थिए ।

कांग्रेस बाँकेको अधिवेशनको पहिलो चरणको निर्वाचनमा सभापतिका तिन जना उम्मेदवारले ५० प्रतिशतबढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार दोस्रो चरणको मतदान भएको हो ।

जिल्ला निर्वाचन परिचालन समिति, बाँकेका अनुसार, बिहीबार खसेको एक हजार ४५ मतमध्ये नारायणप्रसाद गौडेलले ५ सय ६९, बादशाह कुर्मीले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत ल्याएका थिए । २४ मत बदर भएको थियो । विधान अनुसार संसथपन पक्षका आधिकारिक उम्मेदवार भनिएका हमाल चुनावी दौडबाटै बाहिरिएपछि आज कुर्मी र गौडेलबीच पतिस्पर्धा भएको हो । संस्थापन पक्षका सहमहामन्त्री किशोरसिंह राठौरले संस्थापन भित्रै दुई जना उम्मेदवार बन्ने अवस्था सिर्जना गरिदिएको हमाल पक्षको आरोप छ ।

सुुरेन्द्र हमाल सभापतिको दौडबाट बाहिरिएपछि उनले पाएको मत गौडेललाई गएको अनुमान गरिएको छ । कुर्मी र हमाल संस्थापन पक्षका नेता हुन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको समेत हमाललाई समर्थन रहेपनि सहमहामन्त्री राठौरले कुर्मीलाई अगाडी सारेपछि बाँकेमा संस्थापनबाटै दुईजना उम्मेदवार चुनावी मैदानमा देखिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ३० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल