१७ भदौ २०८३, बुधबार | September 2, 2026

लुम्बिनी प्रदेश खेलकुद परिषदले अन्तर्राष्ट्रिय लनटेनिस कोर्ट निमार्णमा पहल गर्ने



बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले देविनगरस्थित लनटेनिस कोर्टलाई अन्तराष्ट्रियस्तरको मापदण्ड बनाउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रुपन्देही लनटेनिस संघको आमन्त्रणमा लनटेनिस कोर्टको निरिक्षण गर्न पुगेका नवनियुक्त सदस्य सचिव भट्टराईले कोर्टको विस्तार र स्तर उन्नतीका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सदस्य सचिव भट्टराईले रुपन्देही कै गहनाका रुपमा कोर्ट रहेको भन्दै आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । रुपन्देही खेलकुदमा उर्वरभुमी भएको भन्दै आफनो पक्षबाट सक्दो सहयोग गर्ने बताए ।

भट्टराईलाई बधाई तथा स्वागत गर्दै लनटेनिस संघका सचिव गोपाल ज्ञवालीले कार्टको स्तर उन्नती सहित थप पुर्वाधार विकास गरिदिन भट्टराई समक्ष माग गरे । ज्ञवालीले आउने बजेटमा लनटेनिसका लागि बजेट बिनियाजन गर्न माग गर्दै थप पूर्वाधार विकास हुन सके बुटवल लनटेनिसका लागि एकमात्र अन्तराष्ट्रिय स्तरको लनटेनिस हव बन्न सक्ने दाबी गरे ।

अहिलेसम्म संघ, स्थानिय र खेलाडीहरुको सहयोगमा ३ वटा कोर्ट चालू अवस्थामा संचालन रहेको भन्दै २ वटा थपेर अन्तराष्ट्रिय स्तरको खेल खेलाउने गरि विकास गर्न लक्ष्य रहेको उनले बताए । उनले युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित लनटेनिस कोर्टमा नियमित बालबालिकाहरुलाई प्रशिक्षणसंगै राष्ट्रियस्तरको प्रतियोगिता गराएर खेलाडीहरुलाई प्लेटफर्म दिने काम गरेको दाबी गरे ।

उमेर समुहमा नेपालको रेकिङमा रुपन्देहीका धेरै खेलाडीहरु पार्न सफल भएको भन्दै उनले आवश्यक थप सहयोगको लागि आग्रह गरेका हुन । ‘हामी ५ वटा कोर्ट तयार गरेर अन्तराष्ट्रियस्तरको कोर्ट बनाउन चाहेको छौ ।’– उनले भने । यसमा १ करोड रुपैया बजेटमा संरचना तयार हुने उनले बताए ।

सन २०२२ मा प्रकाशित नया क्यालेण्डरमा नेपालको रेकिङ अनुसार १२ वर्ष उमेर समुहमा रुपन्देहीका वृजेश अर्याल पहिलो नम्बरमा फड्को मारेका छन । यसैगरि ९ वर्ष उमेर समुहमा तेस्रो नम्बरमा निश्चल ज्ञवाली सोही उमेर समहमा ४ नम्बरमा संघर्ष फौदार, १० वर्षमुनि उमेर समुहमा चौथो नम्बरमा बुटवलका सन्दिप जिसि परेका छन । हाल देविनगरस्थित सो स्थानमा ७ कठ्ठा क्षेत्रफलमा पुर्वाधार विकास भएको छ । प्रशिक्षक विकास खड्काले बालबालिकाहरुलाई बिहानसाझ नियमित प्रशिक्षण गराउदै आएका छन । करीब २ दर्जन खेलाडीहरु नियमित अभ्यास गर्दै आएको प्रशिक्षक खड्काले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ५८ बजे

भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु

यस्तो छ आज विभिन्न सडकको अवस्था

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा

भोटेकोशी बाढी : शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय

नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर