८ पुस २०८२, मंगलबार | December 23, 2025

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज शपथ लिँदै



काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

आज बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा शपथ ग्रहरण कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

गत माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन भएको थियो । जसमा नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँचपाँच तथा नेकपा (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक जना निर्वाचित भएका छन् ।

कांग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेत छन् । माओवादीबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, नरबहादुर विष्ट र जगतबहादुर कार्की छन् ।

यस्तै, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाहले शपथ ग्रहण लिँदै छन् । जसपाबाट मोहम्मद खालिद, एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले शपथ लिने कार्यक्रम छ ।

सरकारको सिफारिशमा एक जना सांसद राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ । मनोनित गर्न बाँकी छ ।

उनीहरुको कार्यकाल चार वर्षको हुनेछ । चार वर्षे कार्यकाल भएका २० सांसदको शुक्रबार पदावधि सकिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ०४ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको