२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

किसानलाई अनुदानमा आलुको बीउ



रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यावसायीक बनाएर जीवन निर्वाहमा सघाउ पुर्‍याउन गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको हो ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बीउ वितरण गर्न सुरु गरेको छ । गाउँपालिका-१ का वडाध्यक्ष उपेन्द्र लम्सालले शनिबार ७० जना किसानलाई आलुको बीउ वितरण गरे । प्रतिकिसानलाई २५ किलोको दरले आलुको बीउ वितरण गरिएको उनले बताए ।

वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानलाई पनि आलुको बीउ वितरण गर्ने तयारी रहेको उनले बताए । सोमबारसम्ममा सबै किसानलाई बीउ वितरण गर्ने तयारी छ ।

चालु आर्थिक वर्ष ०७८/७९ मा वडा नम्बर १ का ४ सय २० किसानलाई बीउ उपलब्ध गराउने लक्ष्य छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ३९ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै