१२ पुस २०८२, शनिबार | December 27, 2025

अभिनेता पललाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



बुटवल । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले यसअघि दिइएको ७ दिनको समय अपुग भएको भन्दै म्याद थपका लागि शाहलाई अदालतमा उपस्थित गराएकोमा अदालतले थप १२ दिन समय दिएको हो ।

१७ वर्षीया किशोरीले आफू पटक-पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि शाह आफै फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए ।

प्रहरीले जबर्जस्ती नाबालिगमाथि करणी गरेको अभियोगमा शाहविरुद्ध मुद्दा चलाई अनुसन्धान गरिरहेको छ । शाह विरुद्ध तीनै किशोरीले बलात्कारसम्बन्धी अर्को जाहेरी पनि दिएकी छिन् । उनले इलाका प्रहरी कार्यालय नवलपुरमा शाहविरुद्ध फागुन १५ मै अर्को जाहेरी दिएकी छिन् ।

नवलपुरमा दिइएको उजुरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिसोर्टमा पल शाहले बलात्कार गरेको उल्लेख छ ।

यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीमा पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक-पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गर्दे जाहेरी दिएकी थिइन् । गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : ३८ बजे

प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज निर्वाचन केन्द्रित छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष

आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

डडेल्धुरा । जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा

आज काठमाडौंको यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा

आजको मौसम : तराईमा दिनभर हुस्सु लाग्ने

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।