काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता कृष्णराज वर्माको ९३ वर्षको उमेरमा निधन भएको छ । आज अपरान्ह उनको निधन भएको राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
वर्माको छातीमा इन्फेक्सन देखिएपछि विगत ११ दिनदेखि अस्पतालमा भर्ना गरिएको थियो । वर्माको छातीमा निमोनिया (इन्फेक्सन) देखिएको पारिवारिक स्रोतले जनाएको छ । सात दिन ओम अस्पतालमा उपचार हुँदा पनि स्वास्थ्यमा सुधार नआएपछि चिकित्सककै सल्लाहमा ह्याम्स अस्पताल सारिएको थियो । विगत चार दिनदेखि अस्पतालको आईसीयू कक्षमा वर्माको उपचार चलिरहेको थियो ।
सप्तरीको हनुमाननगरमा जन्मेका वर्मा नेपाली कम्युनिष्ट पार्टीको संस्थापक समुहमा नभए पनि स्थापना काल देखि निरन्तर कम्युनिष्ट आन्दोलनको अगुवा पङ्तीमा रहँदै आएका छन् ।
२००८ सालमा नेपालमा लागेको अनिकाललाई कम गर्न भारतबाट चोरी पैठारी गरि धान निर्यात गर्ने क्रममा निकासी रोक लगाउने आन्दोलनको अगुवाई गर्दै वर्मा कम्युनिष्ट पार्टीमा संलग्न भएका थिए । २०१० सालको कम्युनिष्ट प्लेनमबाट वर्मा कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।



















प्रतिक्रिया