८ बैशाख २०८३, मंगलबार | April 21, 2026

मिलनबिन्दु नभेटिँदा तनावमा प्रचण्ड



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी ग¥यो ।

बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् । तर, सहमति जुटाउन उनी असफल भएका छन् । नेताहरूको व्यवस्थापन तथा समितिलाई समावेशी बनाउने गृहकार्य गरिरहेका अध्यक्ष प्रचण्डले अझै सहमतिको मिलनबिन्दु भेटाउन नसकेको माओवादी स्रोतको दाबी छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ । यी एजेन्डामा सहमति जुटन नसकेपछि शनिबार र आइतबार बैठक बस्न सकेन ।

‘एमसीसी प्रचण्ड कमरेडका लागि गल्फासो भएको छ । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समितिका साथै जिम्मेवारी बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन । उहाँ सहमतिमै अगाडि बढ्न खोजे पनि सबैको चित बुझाउन नसक्ने अवस्था छ, प्रचण्ड कमरेड अहिले धेरै तनावमा हुनुहुन्छ,’ माओवादी केन्द्रका एक नेताले भने ।

सहमति जुट्न नसकेको अवस्थामा अरू एजेन्डालाई थाँती राख्दै केन्द्रीय समितिलाई पूर्णता दिएर बैठक समापन गर्ने विषयमा समेत अध्यक्ष प्रचण्डले छलफल थालेका छन् । माओवादीको विधानमा ३ सय १ जना केन्द्रीय सदस्य बनाउने उल्लेख गरिएको छ ।

तर, अहिलेसम्म २ सय ४६ जना मात्रै बनाइएको छ । यस्तै, केन्द्रीय कार्यालय सञ्चालनका लागि एक समिति गठन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ ।

तर, यसअघिको बैठकबाट अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत निर्वाचित गरिएको थियो । ११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो ।

महाधिवेशन भएको दुई महिना बितिसक्दासमेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै हुन सकेको छैन । प्रचण्डका लागि सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ ।

नेता वर्षमान पुन र जनार्दन शर्माले भए सर्वसम्मति नभए निर्वाचनबाटै आफंै महासचिव हुने अडान लिएपछि सहमति जुट्न नसकेको स्रोतको दाबी छ । महासचिवका लागि देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरू दौडधुपमा रहेका छन् ।

महत्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि नेताहरूका बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ । अन्य पदका लागि समेत नेताहरू दौडधुपमै रहेका छन् । माओवादी केन्द्रका नेता गणेश साहले बैठकका विभिन्न एजेन्डामा बैठकमा छलफल भइरहेको बताउँछन् ।

कतिपय विषयमा केही मिलाउनुपर्ने देखिएकाले बैठक दुई दिन स्थगित गरेर छलफल भइरहेको उनले बताए । सोमबारको बैठकमा केन्द्रीय सदस्यहरूसँगको छलफल र सहमतिमै सबै विषय सर्वसम्मत टुंगो लगाउने प्रयास जारी रहेको उनले बताए । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : ०४ बजे

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी

प्रतिनिधिसभा बैठकमा फोटो, अडियो–भिडियो रेकर्डमा प्रतिबन्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा