१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा



लमजुङ । बेसीशहर नगरपालिका-२ बोहोराबेसीमा पुष्प व्यावसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म नर्सरीमा काम गर्न भ्याईनभ्याई छ । ‘नर्सरीको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै नर्सरीमा पानी हाल्यो, गोडमेल गर्‍याे, समय बितेको पत्तै हुँदैन,’ उनी भन्छिन् ।

हुमा ८ वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेशाको रुपमा चिनाएकी छन् ।

गुरुङले बेसीशहर-२ बोहोराबेसीमा ६ रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन् । ५० लाख लगानीमा नर्सरी नर्सरीमा फूलका विरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् । उनले भनिन् ‘ऋणधन गरेर लगानी गरेपनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरे भन्दा निकै राम्रो व्यापार भएको छ ।’ नर्सरी व्यवसायमा हुमाले दुई जनालाई रोजगारीसमेत दिएकी छन् । नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको हुमाले बताइन् ।

जागिर छोडेर फूल खेती २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुुमा गुरुङ ३९ वर्षकी भइन् । बेसीशहर नगरपालिका-२ गैरीस्थित सीप विकास प्रतिष्ठान-गैरीक्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् ।

अहिले गुरुङले पुष्प व्यावसायबाटै मासिक डेढ लाख कमाउने गरेकाे उनी बताउँछिन् । विभिन्न फूल र फलफूलका बिरुवा तयार गर्ने उद्देश्यका साथ सञ्चालित उनको पुष्प नर्सरी व्यवसायले अहिले फड्को मारेको छ । उनले नर्सरीमा बिरुवा तयार पार्नुका साथै फूल खेती पनि गर्दै आएकी छन् ।

तीनवटा ग्रिनहाउस नर्सरीमा सयपत्री, बहुवर्षे जिरानियम, जर्बेरा, पिटुमिया, डायन्थल्स, बेगनवेलिया, गुलाव, धुपी, अशोका, क्रोटन, क्रिसमस ट्रि लगायतका फूलका बिरुवा उत्पादन र बिक्री भइरहेको छ ।

हाईव्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोकाडो, सुन्तला मुन्तला छन् भने एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका विरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् । नर्सरीबाट बाहमासे २ सयभन्दा बढी प्रजातिका पूmलका विरुवा र विभिन्न प्रजातिका विरुवा बिक्री भएको छ । नर्सरीबाट धुपी, अशोका, क्रिसमस ट्रि, सप्लेरिया लगायतका आर्कषक विरुवा, फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी पूmलका विरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका विरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् ।

उत्पादित वस्तुले बजार पाउँदा हर्षित आफ्नो नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा उनी निकै खुसी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बताउँछीन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यावसायमा अझ उत्साहित बनाएको छ,’ उनले भनिन् ।

घरको बार्दली तथा बगैंचामा फूल रोप्न जिल्ला बाहिरबाट विरुवा किन्न बाध्य भएका उपभोक्ता जिल्लामै पुष्प नर्सरी स्थापना भएपछि खुसी भएका छन् । नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको पुष्प हुमाले बताइन् ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ४५ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट