४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंको रामकोटमा सामूहिक आत्महत्याको प्रयासः एकको मृत्यु, चारजना भेन्टिलेटरमा



काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका-६ रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बसेको एकै परिवारका ५ सदस्य विषादी औषधि सेवन गरेर बेहोस भएको अवस्थामा फेला परेका हुन् ।

आत्महत्याको प्रयास गरेका पाँचमध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१५ डल्लु स्थायी घर भएका ३३ वर्षीय सुर्वणमान प्रधान रहेका छन् भने बेहोस अवस्थामा रहेका अन्य घाइतेहरुको ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षका भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । भेन्टिलेटरमा उपचाररत उनीहरू चारै जना अझै बोल्न सक्ने अवस्थामा छैनन् ।

उनीहरुले विषादी औषधि सेवन गर्नुको कारण तथा समय नखुले पनि हाल प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । आर्थिक अवस्था बिग्रिएको, विरामी भएको लगायत विषय सुसाइड नोटमा उल्लेख रहेको प्रहरी स्रोतको भनाई छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको