२५ चैत्र २०८२, बुधबार | April 9, 2026

इञ्जीनियरको आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई कांग्रेसले कारबाही गर्ने



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर (सिडेन)ले आयोजना गरेको कार्यक्रममा गुरुङले लोकतन्त्रका नाममा गल्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।

“सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरको साझा उम्मेदवार इञ्जीनियर डा हरिबहादुर दर्लामी समूह हो, सिङ्गो कांग्रेसको साथ र समर्थन डा दर्लामी समूहलाई छ”, उनले भने । उपसभापति गुरुङले पार्टीको झण्डा बोकेर बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्ने स्पष्ट पारे ।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले पेशासहितको राजनीतिमा नेपालको इञ्जीनियर क्षेत्र लागेको बताइन । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले इञ्जीनियर क्षेत्र मुलुकको सम्मानित क्षेत्र भएको बताउँदै मुलुकको विकासमा इञ्जीनियरको ठूलो भूमिका रहेको बताए ।

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले लोकतन्त्रलाई संस्थागत गराउन सिडेनको साझा उम्मेदवारलाई विजय गराउन जरुरी रहेको बताए । सिडेनका केन्द्रीय अध्यक्ष उमेशप्रसाद थानीले देशभरका ७५३ वटै स्थानीय तहमा सिडेको सङ्गठन विस्तार गरिएको जनाए ।

नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिका अध्यक्षका उम्मेदवार ई डा हरिबहादुर दर्लामीले इञ्जीनियरको सेवा, सुविधा र क्षमताको अभिवृद्धि गर्दै समृद्ध मुलुक निर्माण गर्नका लागि आफूले उम्मेद्वारी दिन लागेको बताए ।

कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख ई दीपकबाबु कँडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, नेपाल इञ्जीनियर एशोसिएशनका पूर्वअध्यक्ष भोजराज रेग्मी, सिडेनका पूर्वअध्यक्ष शङ्कर पण्डितलगायतले सिडेन एकताबद्ध भएर निर्वाचनमा लागे कुनै शक्तिले पराजित गर्न नसक्ने बताएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ०९ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास