२५ असार २०८३, बिहिबार | July 9, 2026

एमसीसीलाई लिएर धेरैले भ्रम छरे, यो नेपालकै हितमा छ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेकाले कांग्रेसले यसअघि प्रतिपक्षमा रहँदासमेत अमेरिकी सहयोग परियोजना मिलेनेयिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को वकालत गरेको बताएका छन् ।

काठमाडौं क्षेत्र १ अन्तर्गत महानगरपालिका-३१ को शंखमूलमा आज बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने ।

उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति जनाए । ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ । यसलाई हामीले छाडेका छैनौँ । नेपाल अमेरिकी एक्सिसमा गयो । असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन ।’

नेता सिंहले अब पार्टीका सबै नेता कार्यकर्ताले नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई मत दिएर जिताउन लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ५९ बजे

बालमन्दिरको जग्गा लिज प्रकरणमा तीन जना पक्राउ, सीआईबीले बढायो अनुसन्धान

काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा लिजमा दिइएको विषयसँग

प्रतिनिधिसभा बैठक : विभिन्न विधेयक पेश हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा

आजपनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

यातायात व्यवसायीलाई महासंघको निर्देशन : बढी भाडा, ओभरलोड र यात्रुमाथि दुर्व्यवहार नगर्न चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सेवामा

चीनका लागि ७ पूर्वराजदूतहरूको प्रश्न : के नेपालको एक चीन नीति बदलिएको हो ?

काठमाडौँ । काठमाडौँमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी