५ पुस २०८२, शनिबार | December 20, 2025

निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने



काठमाडौं । नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ ।

आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय सदस्यलाई खटाउन लागेको बताएका छन् ।

महतका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन् । ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए ।

पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउन पनि बताए ।

सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनसम्म रहने बताएका प्रवक्ता डा. महतले तर, के कसरी जाने भन्नेमा टुंगोमा पुग्न बाँकी रहेको जानकारी दिए ।

‘घरघरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका साथ कांग्रेस नेताहरू चुनावी तयारीमा जुट्न लागेका हुन् । सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोकेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको