३० असार २०८३, मंगलबार | July 14, 2026

परम्परागत नेवारी भोज (भोय) सहित हलिं नेवाः गुथिको १३ औ साधारणसभा सम्पन्न (फोटोफिचर)



बुटवल । नेवाः समुदायमा एकता र भातृत्व कायम हुन नसक्दा नेवाः बाहुल्य रहेको स्थानहरुमा पनि नेवारहरु पछि परेको नेवाः समुदायका अगुवाहरुले बताएका छन् । उनीहरुले नेवाः समुदायका अगुवाहरु स्वयं भाषा, संस्कृति र सम्पदा संरक्षण तर्फ भन्दा अन्य समुदायको गोटी बन्न पुग्दा समुदाय पछि पर्दैगएको बताए । नेवाः भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्न फुटेर होईन जुटेर अगाडी बढ्नु पर्ने उनीहरुको सुझाव छ ।

हलिं नेवाः गुथि रुपन्देहीको १३ औ साधारण सभाको उदघाटन सत्रमा बोल्ने वक्ताहरुले नेवाः समुदाय बाहुल्य रहेको बुटवल लगायतका शहरहरुमा नेवारहरुको पहुँच कम हुँदै गएको गुनासो गरेका थिए ।

उदघाटनका अवसरमा बोल्दै नगर प्रमुख सुबेदीले नेपालमा भएका सबै जातजातिका धर्म, संस्कृति जगेर्ना गर्न सरकारको ध्यान दिएको दाबी गर्दै बुटवल उपमहानगरपालिकालाई मानवता र सभ्यताको शहर घोषणा गरि आवश्यक कार्यहरु अघि बढाएको दाबी गरे ।

नेवाः पुच नेवा परिषदका निर्वतमान अध्यक्ष ज्ञानु लिगलले रुपन्देहीमा रहेका नेवारहरुलाई एकतावद्घ गरि भाषा र संस्कृतिलाई जगेर्नाको अभियानको थालनी गरेको बताईन । देशभर छरिएका नेवारहरुको भेषभुषा, भाषा र संस्कृतिबारे नया पुस्तामा पुस्तान्तरण गर्ने गरि कार्यहरुमा जोड दिनुपर्ने उनले सुझाव दिईन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वडा न ३ का वडा सदस्य तथा भिमसेन नेवा समाजका अध्यक्ष लिला प्रसाद श्रेष्ठले नेपालको आदिबासी भएर पनि हरेक क्षेत्रमा पछिपरेको दुखेसो गरे ।

हलिं नेवाः गुथिका केन्द्रीय अध्यक्ष जुजुमान श्रेष्ठले देशभरका नेवारहरुलाई हकअधिकार प्राप्त गर्ने लक्ष्यसहित स्थापना भएको संस्थामा एकतावद्घ गराउदै लैजाने लक्ष्य रहेको बताए । नेपालको राष्ट्रिय भाषाको रुपमा संयुक्त राष्ट्र संघमा रञ्जना लिपि दर्ता भएको स्मरण गराउदै उनले नेवारी संस्कृति देशको पहिचान भएको बताए ।

हलि नेवाः गुथि, बुटवल पुच अध्यक्ष राजु श्रेष्ठले भाषा,संस्कृति जोगाउने र जातिय सहयोगका रुपमा स्थापना भएको भन्दै पवित्र काममा आफुहरु लागेको बताए ।

विहिबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका नगरप्रमुख शिवराज सुवेदीेले साधारणसभाको उद्घाटन गरेका थिए । तिलोत्तमा मैजु खलको संयोजनमा भएको कार्यक्रममा नगरप्रमुख सुवेदीले संस्थाको वार्षिक स्मारिका (लुमन्ति पौ) पुस्तक विमोचन समेत गरेका थिए ।

साधारण सभासंगै सहभागीहरुलाई विशेष नेवारी भोजको परिकार पनि खुवाइएको थियो । यसका लागि टिष्टुङ शाखाबाट ४५ जनाको टोलीले सहयोग गरेका थिए । जसमा ८ आईटमको समयवजी र १७ वटा आईटम भएको भोज खुवाईएको थियो ।

बुटवलको आयोजक संस्था तिलोत्तमा मैचु पुच अध्यक्ष मिलन श्रेष्ठले कार्यक्रममा देशभर १ सय १८ शाखाका ८ सय जना सहभागी भएको बताउदै पर्यटन प्रवद्र्धनमा यो महत्वपूर्ण भएको बताईन । तिलोत्तमा मैचु पुच हलिं गुथिको ६६ शाखा हो । बुटवलमा ३ वटा शाखाहरु छन । संस्थाको अमेरिका र कोरियामा समेत शाखा रहेका बताइएको छ । कार्यक्रम सुरुहुनु अघि नेवारी भेषभुषासहित दुर्गा मन्दिरबाट प्रभातफेरि कार्यक्रम शुरु भएर हाटबजार, अमरपथ, विपि चोक हुँदै हाटबजार विश्वहिन्दु महासंघमा पुगेर सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ६ : ४८ बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति