१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

एकीकृत समाजवादी बैठक : माधव नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित



काठमाडौं । नेकपा एकीकृत समाजवादीको दुई दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो बैठक सकिएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्ज सञ्चालन निर्देशिकामा छलफल गर्न केन्द्रीय कमिटिका सदस्यहरूलाई नौ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहद्वारा निर्धारित समयभित्र उपयुक्त सबै विषयमा छलफल गरी एक जना प्रस्तोतामार्फत समूह छलफलका निष्र्कष पूर्ण बैठकमा पेस गरिएका थियो ।

बैठकबाट मोर्चा संगठन र सम्पर्क मञ्च सञ्चालन निर्देशिकासमेत पारित भएको छ । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरिएको पार्टी महासचिव डा। बेदुराम भुसालले जानकारी दिए ।

समुह छलफलका निष्कर्ष प्रस्तुत गर्नेहरूमा गण्डकी प्रदेशबाट रेखा थापा बस्याल, सुदर पश्चिम प्रदेशबाट शेरबहादुर कुँवर, मधेश प्रदेशबाट सत्यनारायण यादव, १ नम्बर प्रदेशबाट धर्मराज पौडेल, बागमती प्रदेशबाट विदुर सापकोटा, कर्णाली प्रदेशबाट अमर थापा, लुम्बिनी प्रदेशबाट राज गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेश पोखरेल थिए ।

समुह छलफलका निष्कर्ष प्रस्तत भैसकेपछि अध्यक्ष नेपालले छलफलमा उठेका विषय प्रष्ट पारेका थिए । पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्य योजना लगायतका विषय समेटिएको छ ।

बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठक पश्चात् स्थायी कमिटी र केन्द्रीय सचिवालयबाट गरिएका राजनीतिक एवं साङ्गठनिक निर्णयहरू अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ६ : ५२ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०