काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ ।
३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो ।
आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय-सुझाव लिने छ ।
आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।
बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको छ ।



















प्रतिक्रिया