१५ चैत्र २०८२, आइतबार | March 29, 2026

विद्यार्थी मृत्यु प्रकरण : प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्ष आन्दोलित



लमजुङ । लमजुङको मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको घटनामा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको भन्दै पीडित परिवारले पुन: सडक अवरुद्ध गरेका छन् ।

बाइसजाँगरका स्थानीयले बन्द गराएपछि डुम्रे-बेंसीसहर सडक खण्ड बिहीबार साँझबाट अवरुद्ध भएको छ । प्रशासनमा बुधबार भएको वार्तामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिने र मुद्दा चलाउने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर मृतकको शव बुझेको पीडित परिवारले बताएको छ ।

तर, उजुरी नै नलिएपछि पुनः आन्दोलन गर्नु परेको पीडित परिवारले बताएका छन् । तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका-९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका संचालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन पुगेका थिए ।

प्रहरीले उक्त घटनामा भवितव्य दुर्घटना मुद्दा आकर्षित हुने भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी लिन नमानेको हो । डीएसपी कृष्णबहादुर कार्कीले घटनाको अवस्था हेर्दा भवितव्य दुर्घटनाको मुद्दा आकर्षित हुने देखिए पनि पीडित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएको र अनुसन्धान हुन्छ भन्दा पनि प्रहरीलाई अविश्वास गरेको बताए । उनका अनुसार स्कुलका संचालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थी प्रहरीको निगरानीमा छन् ।

पीडित परिवारका गणेश श्रेष्ठका अनुसार बुधबार लमजुङ प्रशासनमा भएको छलफलमा पीडितले उजुरी दिने र प्रहरीले मुद्दा चलाउने सहमति भएको थियो । फ्युचर स्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार नदीले बगाउँदा मृत्यु भएको थियो ।

होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल वार्डेनले पौडी खेल्न लगेको, पौडी खेल्नेक्रममा सनिजलाई अगाडि सारको र होस्टेलमा बसेका छोरालाई मर्स्याङदीमा पौडी खेल्न जान स्कुल संचालकले स्वीकृति दिएको भन्दै पीडितले परिवारले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका हुन् ।

स्थानीयले प्रदर्शन चर्काउने सूचाना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ देखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

विद्यालयको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै बाइसजाँगरका स्थानीयले मंगलबार विद्यालयको गेट, २ वटा स्कुल बस र एउटा भ्यानको सिसा तोडफोड गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास, हवाइफायर र लाठीचार्ज गरेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : २५ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक