११ बैशाख २०८१, मंगलबार | April 23, 2024

एमसीसी पारित नभएको भए देश अस्थिर हुने थियो : प्रचण्ड



सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नभएको भए देश अस्थिर बन्ने अवस्था आएको बताएका छन् ।

शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णालीका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उनले एमसीसी पारि नभएको भए देश अस्थिर अवस्था जाने भएकाले अन्तिम अवस्थामा एमसीसी पारित गरेको बताएका हुन् ।

एमसीसी परियोजना माओवादीको नेतृत्वको सरकारका बेला सम्झौता भएको र त्यो बेला बाबुराम भट्टराई प्रधानमन्त्री भएको भट्टराईले त्यसबारे जानकारी नगराएको उनले बताए ।

एमसीसी पारित गर्ने विषयमा अहिले गठबन्धन सहमत भए पनि त्यसको रहेको केही बुँदा सच्याउनु पर्ने अवस्था आएको प्रचण्डको भनाई थियो । ‘हामी सबै एमसीसी पास गर्ने पक्षमा थियौं,’ उनले भने, ‘त्यो सम्झौतामा भएको केही बुँदा सच्याउनु पर्छ भन्ने हाम्रो भनाई हो । अहिले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सच्याइएको छ ।’

त्यस्तै, पार्टीको केन्द्रीय महाधिवेशन भएको लामो समयसम्म पदाधिकारी चयन गर्न नसकेको अवस्थामा प्रचण्डले एकल नेतृत्व गर्ने कार्यकर्तालाई संकेत दिएका छन् ।

करिब एक घण्टा एमसीसीका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका प्रचण्डले विगतमा क्रान्तिकारी साथीहरूको कुरा सुन्दा आफू र माओवादी पार्टीले नै क्षति पुगेका कारणले अहिलेका क्रान्तिकारी साथीहरूको पनि कुरा नसुन्ने उनले बताए ।

‘२०६४ सालको निर्वाचनपछि माओवादी ठुलो पार्टी बन्यो । मेरो नेतृत्वमा सरकार बन्यो । प्रधानसेनापति रुमाङ्गत कटुवाल प्रधान सेनापति थिए । रक्षामन्त्री रामबहादुर थापा थिए । बाबुराम र रामबहादुर थापाले दायाँबायाँ बसेर प्रधान सेनापतिलाई कारबाही गर भनेर दबाब दिए । उनीहरू त्यो बेला क्रान्तिकारी जस्ता देखिए । म के क्रान्तिकारी हैन भनेर हस्ताक्षर गरेँ ।’ उनले भने,‘उनीहरूको भन्दा लागेर मैले हस्ताक्षर गरेर पाँच वर्षका नै चलाउन पाइने सरकार छाड्नु पर्‍यो । माओवादी पार्टी छिन्नभिन्न भयो । त्यो बेलाका क्रान्तिकारीहरूको हविगत देख्नु नै भएको छ ।’

प्रचण्डमाथि ढुङ्गा प्रहार भएको समाचार भ्रामक

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ढुङ्गामुढा प्रहार भएको समाचार गलत भएको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्रहार अवस्था गम्भीर’ भन्ने स्ट्याटस सार्वजनिक भएपछि त्यो गलत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो फेकबुकमा ‘आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा९माओवादी केन्द्र० कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जालमा उहाँ माथि ढुङ्गा मुढा प्रहार भएको भनी समाचार तथा सूचना केही व्यक्ति तथा मिडियाले अनर्गल तथा आधा रहिन रूपमा सम्प्रेषण गरेको पाइएकोले यसमा कुनै पनि सत्यता नभएको ब्यहोरा अनुरोध गरिन्छ,’ फेसबुकमा लेखिएको छ ।‘साथै यस प्रकारका झुटा भ्रमपूर्ण र शान्तिसुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचनाहरू सम्प्रेषण गरिएको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने ब्यहोरा समेत सूचित गरिन्छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : ३२ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा