२६ असार २०८३, शुक्रबार | July 10, 2026

ओली नक्कली कम्युनिष्ट : खनाल



भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् ।

नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए ।

एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको जनाए ।

‘ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अव चिनेर भ्रम हटाउनुपर्छ’, उनले भने । उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँंजीपति वर्गको सेवा गर्ने जनाए ।

कार्यक्रममा विभिन्न पार्टी परित्या गरी आएका ६९ जनालाई खनालले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा. राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ०१ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा