१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

बाबुराम भट्टराईको नजरमा ‘राजनीतिक दलहरु’



काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ ।

जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ । जसपाको केन्द्रीय कमितिको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । केन्द्रीय समितिको बैठकअघि परिषद्को बैठक बसेको हो ।

प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको छ । दस्तावेजमाथि सामूहिक छलफल हुने जसपाले जनाएको छ ।

२०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जसपा बनेपछि पार्टीको पहिलो सङ्घीय परिषद् बैठक हो । विभिन्न विषय समेटिएको ३२ पृष्ठको प्रतिवेदनमा राजनीतिक शक्तिको विश्लेषणका रुपमा नेपाली कांग्रेस नेपाल कम्युनिष्ट पार्टीका घटकहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबारे धारणा समेटिएको छ ।

प्रतिवेदनमा अध्यक्ष भट्टराईले कांग्रेस वैचारिक दृष्टिकोणले उदारवादी–पूँजीवादी संसदीय लोकतान्त्रिका धारको नेतृत्व गर्ने पार्टीका रुपमा चित्रित गर्नुभएको छ । कांग्रेसले प्रजातान्त्रिक समाजवादको नारा लिए पनि यसको व्यावहारिक अभ्यास गर्न नसकेको आरोप प्रतिवेदनमा लगाइएको छ ।

यस्तै नेपालमा धेरै कम्युनिष्ट समूह रहेका र नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत घटकहरु जसपाको दृष्टिकोणमा एउटै पेन्सिलका फरक–फरक टुक्रा मात्रै भएको प्रतिवेदनमा भट्टराईले उल्लेख गरेका छन् । कांग्रेस र कम्युनिष्टको ब्रान्ड नामबाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको टिप्पणी गरेका भट्टराईले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष भट्टराईले एकीकृत समाजवादीको एजेन्डा अझै प्रस्ट भइनसकेको र राप्रपा सानो शक्ति भए पनि विचारले सबभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको टिप्पणी गरेका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको विचार, सिद्धान्त र एजेन्डा प्रस्ट नभएको उनको विश्लेषण छ । विवेकशील–साझा पार्टीको एउटा पङ्क्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवाहरु असन्तुष्ट रहेको उहाँले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

जनमत पार्टीको वास्तविक राजनीतिक अभीष्ट के हुन् भन्ने अझै प्रस्ट नभएको उनको प्रतिवेदनमा उल्लेख छ । ‘स्वतन्त्र मधेस’ को नाराबाट यो पार्टीको नेतृत्व चर्चामा आएको प्रतिवेदनमा भनिएको छ । यस्तै पूर्ववत् सरकार र वर्तमान गठबन्धन सरकारका बारेमा र पार्टीको एजेन्डाका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ३८ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०