४ असार २०८३, बिहिबार | June 18, 2026

माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौ । माछापुच्छ्रे बैंकले उदयपुरको त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा मिति २०७८/११/२८ गते शनिवार त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकिमा आयोजित विशेष कार्यक्रममा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एवं उदयपुर सिमेन्ट उद्योग लि. का महाप्रवन्धक गोपीकृष्ण न्यौपाने ज्यु को समुपस्थितीमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

बैंकले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले देउरी स्वास्थ्य चौकीलाइ ल्याब इक्विपमेन्ट हस्तान्तरण गरेको हो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : ५४ बजे

वासिङ्टन र तेहरान बीचको एमओयू सार्वजनिक

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक

नेपालगन्जमा महिला तथा पुरुष फाईव एन्ड साईड हक्की प्रतियोगिता सुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखि प्रथम मेयर कप महिला तथा पुरुष

बढ्यो तराईमा तातो दिन, भैरहवाको तापक्रम ४१.५ डिग्री, नेपालगन्जमा ४०.४ डिग्री

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

भैरहवा । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा