२२ भदौ २०८३, सोमबार | September 8, 2026

दोस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता : लुम्बिनी प्रदेश भलिबल टिम छनौट



बुटवल । लुम्बिनी प्रदेशबाट भलिबल खेलमा प्रतिनिधित्व गर्ने खेलाडीहरुको छनौट गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा आईतबार खेलाडी छनौट कार्यक्रम सम्पन्न गरेको हो ।

भलिबल प्रशिक्षक अर्जुन घिमिरको संयोजकत्वमा सदस्यहरु हरि बहादुर वली, प्रदेशका सहायक प्रशिक्षक भिम डाँगीको ३ सदस्यीय छनौट समितिबाट प्रदेश टिम छनौट गरिएको हो । प्रदेशका १२ जिल्लाको खेलकुद विकास परिषदबाट छनौट भई सिफारिसको आधारमा आएका खेलाडीहरु छनौट खेलमा सहभागी भएको समितिका संयोजन अर्जुन घिमिरेले जानकारी दिए । जसबाट १२ जना प्लेईङ खेलाडी र ४ जना बैकल्पिक खेलाडी छनौट गरिएको उनले बताए ।

रुपन्देहीका लोकेन्द्र बहादुर भण्डारीको कप्तानीमा प्रताप खवास (रुपन्देही), दिपेन्द्र श्रेष्ठ (गुल्मी), आदर्श रसाईली (रुपन्देही), बिनोद बिक (रुपन्देही), चिरन्जिवी खड्का (गुल्मी), महेन्द्र चौधरी(नवलपरासी), प्रबिन बुढाथोकी (गुल्मी), रुप बहादुर गुरौ(नवलपरासी), बबिन थापा (गुल्मी), आशिष सुनार (रुपन्देही), जीवन रसाईली (रुपन्देही) छनौट भएका छन। यसैगरि बैकल्पिकमा सरोज चौधरी (रुपन्देही), थम्मान खत्री (रुपन्देही), दिपेश कुवर (रुपन्देही,) डोल बहादुर थापा (गुल्मी) रहेका छन । कुल ३२ जना खेलाडीहरु छनौटमा सहभागी भएका थिए ।

खेलाडी छनौट कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी प्रदेश खेलकुदमा उर्वरभुमि भएको दाबी गर्दै दिगो विकासको योजना अनुसार कार्ययोजना अघि बढाउने तयारीमा लागेको बताए । उनले देश संघीयतामा गएपनि खेलकुद क्षेत्र ब्यवहारमा लागु नभएको बताए । चैत ७ गतेबाट सुदुरपश्चिमान्चलमा हुने दोस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितालाई लक्षित गरि प्रदेशको खेलाडी छनौट सम्पन्न भएको उनले बताए ।

कार्यक्रममा कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले खेल र पेशालाई एकआपसमा समाजस्यता गर्न सके सफलता मिल्ने बताए । उनले राष्ट्रका गहना खेलाडीहरुप्रति सरकारको सहि लगानी हुन नसकेको गुनासो गरे ।

प्रदेश सदस्य राजकुमार पाण्डे, रुपन्देही जिल्ला खेलकुद परिषदका कार्यवाहक कार्यालय प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले खेलाडीलाई सफलताको शुभकामना दिए ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा चैत्र ७–१२ गतेसम्म लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा सात प्रदेश र ३ विभागिय टिमले प्रतियोगितामा भाग लिदैछ । जसको उपाधि विजेताले नगद ४ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछन । यसैगरि तृतिय स्थान हासिल गर्ने टिमले नगद १ लाख तथा सान्त्वना हुने टिमले नगद ५० हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कार गरिने छ । उत्कृष्ट प्रदर्शनको आधारमा विद्यागत खेलाडीले पुरस्कार प्राप्त गर्नेछन । टिमको मुख्य प्रशिक्षक भिम डागीले दाबेदार टिम तयार भएको बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : ४१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार