१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

रुपन्देहीका स्थानीय तहमा जेष्ठ नागरिक लक्षित कार्यक्रम : मिलन केन्द्रदेखि स्वास्थ्य उपचारसम्म



बुटवल । रुपन्देहीका अधिकांश स्थानीय तहले जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छन् । खासगरी जेष्ठ नागरिक ग्रामदेखि लिएर दिवा विश्राम गृह, जेष्ठ नागरिक कल्याण कार्यक्रमसमेत आ-आफ्नो अनुकूलतामा बजेट विनियोजन गरेर कार्यान्वयनमा ल्याएका छन् । त्यस्तै स्थानीय तहले जेष्ठ नागरिक परिचयपत्र पनि प्रदान गर्दै आएका छन् ।

स्थानीय तहको सामाजिक विकास शाखाबाट प्रदान गरिने जेष्ठ नागरिक परिचयपत्र प्रदान गरेपछि सोही परिचयपत्रका आधारमा विभिन्न क्षेत्रमा छुट तथा आरक्षणको व्यवस्थासमेत गरिएको छ । बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकका लागि घरघरमै गएर जेष्ठ नागरिक भत्ता प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै जेष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई पनि अगाडि बढाइएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

सैनामैना नगरपालिका रुपन्देहीले भने जेष्ठ नागरिक ग्रामको परिकल्पनासहित काम अगाडि बढाएको छ । सैनामैनामा प्रदेशस्तरीय जेष्ठ नागरिक ग्राम तथा अपांगता नागरिक ग्राम निर्माण कार्य सुरु भएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

सिद्धार्थनगर नगरपालिकाले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्षदेखि नै सुरु गरिएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । यसरी स्वास्थ्य परीक्षणका क्रममा केही समस्या देखिए निःशुल्क औषधिको समेत व्यवस्था गरिएको छ ।

रुपन्देहीको सियारी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा जेष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत सहुलियतको व्यवस्था गरेको छ । जेष्ठ नागरिक परिचयपत्रका आधारमा यस्तो सहुलियत प्रदान गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद थारुले बताए ।

जिल्लाका शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिकालगायतका स्थानीय तहहरूले जेष्ठ नागरिक मिलन केन्द्रको योजना अगाडि सारेका छन् । तिलोत्तमा नगरपालिकाले पनि जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्दैछ । तिलोत्तमा नगरपालिका-९ मंगलापुरमा झन्डै १४ कठ्ठा क्षेत्रफलमा जेष्ठ नागरिक मिलन केन्द्रसँगै आकर्षक बाल उद्यानसमेत निर्माण गरिने वासुदेव घिमिरेले बताए । यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको केन्द्रमा जेष्ठ नागरिकमैत्री खेलकुद, पुस्तकालय, संगीतालय, पार्क निर्माण हुनेछन् । निर्माण हुन थालेको केन्द्र नजिकै ऐतिहासिक रामजानकी मन्दिर छ ।

तीव्र सहरीकरणसँगै युवापुस्ता कामकाजी भइरहँदा जेष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पुर्‍याउने उद्देश्यले जेष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ११ : ५२ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित