७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमालेले बोलायो पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक



काठमाडौं । नेकपा एमालेले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनको लागि आवश्यक तयारीका सन्दर्भमा छलफल तथा रणनीति निर्माणका लागि पार्टी कमिटीहरुको बैठक बोलाइएको एमाले
प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरूङले बताए । उनका अनुसार आजको बैठकले चैत ७ गते पोलिटब्यूरो, चैत ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीको बैठकमा जिल्लाको शक्ति सन्तुलनको स्थिति लगायतका विषयमा रिपोर्टिङ हुने कार्यक्रम रहेको उनले बताए ।

बैठकले स्थानीय तहका उम्मेदवारको सिफारिसको विधि र प्रक्रियाका बारेमा निर्णय गर्ने उनले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ०२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज