११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

संसद्को चालु अधिवेशन अन्त्य



काठमाडौं । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ ।

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधार २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ ।

अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अन्त्य भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् ।

संसदको अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरोध गर्दैआएको थियो । विधेयक अधिवेशनको रुपमा चिनिएको अधिवेशनमा एमसीसी पास हुनुबाहेक अन्य कुनै पनि विधयकमाथि छलफल समेत हुन सकेन ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : १८ बजे

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी