काठमाडौं । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ ।
संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधार २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ ।
अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अन्त्य भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् ।
संसदको अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरोध गर्दैआएको थियो । विधेयक अधिवेशनको रुपमा चिनिएको अधिवेशनमा एमसीसी पास हुनुबाहेक अन्य कुनै पनि विधयकमाथि छलफल समेत हुन सकेन ।
प्रतिक्रिया